दफा ५१
निवृत्तभरणमा वृद्धि
संघीय संसद सेवाको बहालवाला कर्मचारीको तलब वा भत्ता वृद्धि हुँदा तलब वा भत्ताको शुरु अङ्कमा जति वृद्धि भएको छ त्यसको दुई तिहाई रकम समान पदका निवृत्त कर्मचारीहरुको निवृत्तभरण रकममा पनि वृद्धि गरिनेछ ।
तर दफा ५२ बमोजिम निवृत्तभरण पाउने कर्मचारीको हकमा यो प्रावधान लागू हुने छैन ।